चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु
तनहुँ | जेठ २७, २०८२
तस्बिर फाइल
तनहुँ: तनहुँको बन्दिपुर–२ कामिडाडामा सोमबार चितुवाको आक्रमणबाट पाँच बर्षीय उत्सव गुरुङको मृत्यु भएको छ ।
करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितुवाले चिथोरेर भागेपछि गम्भिर घाईते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो । आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो ।
२०७४ सालदेखि हालसम्म ६ बर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाई सकेका छन् ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

